चितवन विशेष

माडीको एक विद्यालयमा शिक्षकद्वारा विद्यार्थी कुटपिट, प्रहरीमा उजुरी

Banner

चितवन,जेठ २-

चितवनको माडी नगरपालिका–५ बसन्तपुरस्थित पीसल्याण्ड इङ्लिस स्कुलमा एक शिक्षकले विद्यार्थीलाई पाइपले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले निलडाम हुने गरी कुटपिट गरेको पीडित परिवारले जनाएको छ। कुटपिटबाट घाइते भएका दीपसनको बघौडा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर गएका थिए। उनीहरू फर्किएर कक्षामा प्रवेश गर्दा शिक्षक घले आइसकेका थिए। आफू आउँदा विद्यार्थी बाहिर रहेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई पाइपले कुटपिट गरेको परिवारको आरोप छ।

पीडितकी आमा पद्माकुमारी लम्सालले छोराको शरीरमा निलडाम र चोट देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा बेवास्ता गरिएको गुनासो गरिन्। त्यसपछि परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरी दर्ता गराएको जनाएको छ।

इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिए। उनका अनुसार आज दिउँसो छलफलपछि थप निर्णय गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>