समाचार
काठमाडौँ उपत्यकाका ९५ कल्सल्टेन्सीमा छापा, ६९ जना पक्राउ
०

काठमाडौं,जेठ १-
उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाभित्र सञ्चालित ९५ वटा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामा छापा मारेको छ । कार्यालयले शुक्रबार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा अनुगमन तथा छापा मारेको जनाएको हो । यस क्रममा ६९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार पक्राउ परेकामाथि स्क्रिनिङ गरेर थप अनुसन्धान अघि बढाइनेछ ।
प्रहरीले शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध कारोबार तथा कागजातसम्बन्धी अनियमितताको आशंकामा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























