समाचार
धादिङमा दुई बस ठोक्किए, १२ जना घाइते
०

धादिङ,बैशाख २९-
धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन् । धादिङको गल्छी ६, बैरेनीस्थित मूल सडकमा गएराति दुई बस आपसमा ठोकिँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ३ को अवस्था गम्भीर छ । काठमाडौंबाट पोखरा र वीरगञ्ज जान लागेका दुई बस एकआपसमा ठोक्किएका थिए ।
घाइतेहरूलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























