समाचार
यसरी हेर्न सकिन्छ एसईई नतिजा
०

काठमाडौं,बैशाख २८-
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एसएमएस, आइभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा नेपाल टेलिकमको १६०० नम्बरमार्फत एसएमएस, यूएसएसडी र आइभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सकिने उल्लेख छ। त्यसैगरी जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१०६१ सर्टकोडमार्फत पनि एसएमएस सेवा उपलब्ध हुनेछ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटसहित विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने सूचनामा उल्लेख छ । नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























