समाचार
नीति तथा कार्यक्रम कर्मकाण्डी खालको: केसी
०

काठमाडौं, वैशाख २८-
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी खालको भएको टिप्पणी गरेका छन् । सोमबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग उनले ठूलो परिवर्तनको संकेत नदेखिएको बताए ।
“निरन्तर कर्मकाण्डी खालको नीति तथा कार्यक्रम छ । ठूलो परिवर्तनको दिशा पकड्नेछ भन्ने संकेत पाएको छैन,” उनले भने । उनले देशको स्रोत साधनको कमी र जनताको आकांक्षालाई सन्तुलन गरेर कस्तो बजेट आउँछ भन्नेमा पर्खनुपर्ने बताए । “एक्सन नहेरीकन । बजेटले कस्तो बाटो लिन्छ? हेर्नुपर्छ,” उनले भने ।
उनले कार्यक्रमहरुमा कर्मकाण्डमा केही जलप लगाउन खोजिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























