चितवन विशेष
रत्ननगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
०

चितवन, वैशाख २६-
चितवनको रत्ननगर नगरपालिका १४ स्थित घोलचोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । आज साँझ ७ बजेको समयमा टाँडीबाट भटट्चोक तर्फ आउँदै गरेको ग ८ प २००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ७५ वर्षिया कृष्ण माया मगरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी पैदल यात्री मगरलाई रत्ननगरको बकुलहर अस्पतालमा चिकित्सकले ७ः२२ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।
मृतक घगरको शव पोस्मार्टमका लागि भरतपुर सरकारी अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा ल्याएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























