चितवन विशेष
हर्कपुरको इला होटेलमा ‘स्याटर्डे पुल पार्टी’को आयोजना हुँदै

चितवन, वैशाख २६-
गैँडाकोट–११ स्थित हर्कपुरमा रहेको इला कन्र्फटले ‘स्याटर्डे पुल पार्टी’को आयोजना गर्ने भएको छ । आइएमई गु्रप अन्तरगतको इला होस्पिटालिटीले मिनि थाइल्याण्डको आभास दिलाउने गरी यही जेठ २ गते ‘स्याटर्डे पुल पार्टी’को आयोजना गरेको हर्कपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । स्थानीय पर्यटन तथा जीवनशैली अनुभवलाई सुदृढ बनाउने उद्देश्यका साथ १८ वर्षमाथिका व्यक्तिलाई लक्षित गर्दै पार्टीको आयोजना गरिएको कार्यक्रम संयोजक निशान कँडेलले जानकारी दिनुभयो ।
नेपालमा बढ्दो युवा लाइफस्टाइल र अनुभव आधारित पर्यटन मागलाई लक्षित गर्दै एकै दिनमा आराम, मनोरञ्जन, संस्कृति र सुरक्षित वातावरणको सन्तुलित समिश्रण प्रदान गर्ने अवधारणा सहित कार्यक्रम तयार गरिएको इला होटेलका जनरल म्यानेजर प्रदिप न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा थाइल्याण्डको आभास हुनेगरी कार्यक्रम सञ्चालन गरिने छ । जेठ २ गते दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने छ । कार्यक्रममा सहभागि हुनका लागि भरतपुर देखि निःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ प्रवेश शुल्क पाँच सय र पेयपदार्थ सहितको शुल्क सात सय रुपैयाँ तोकिएको छ । भरतपुरको चौविसकोठी र भाटभटेनीबाट समेत टिकट बिक्रीको व्यवस्था गरिएको होटेलले जानकारी दिएको छ । यस्तै केही दिनपछि खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने आयोजकले बताएको छ ।
























