समाचार

अहिलेसम्मकै बढीले लिए सगरमाथा आरोहणको अनुमति

Banner

काठमाडौं, वैशाख २५-

सगरमाथा आरोहणको इतिहासमा यस वर्ष नयाँ रेकर्ड कायम भएको छ । यो रेकर्ड सगरमाथा आरोहणका निम्ति अनुमति प्राप्त गर्नेको संख्याले राखेको हो ।

सन् २०२६ मार्च १ देखि मे ८ सम्मको अवधिमा कुल ४९२ जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार यसअघि सबैभन्दा ठूलो संख्यामा सगरमाथा आरोहणको लागि सन् २०२३ मा ४७८ जनाले अनुमति लिएका थिए ।

सन् १९५३ देखि सगरमाथा आरोहण सुरु भएको हो । यो ७३ वर्षको इतिहासमा सगरमाथा आरोहणका लागि यस वर्ष सबैभन्दा ठूलो संख्याले अनुमति लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>