चितवन विशेष

रेडक्रस दिवसमा अल्फावेट्ज एकेडेमिका विद्यार्थीले गराए असाहयलाई भोजन

Banner

चितवन वैशाख २५-
भरतपुर महागनगरपालिका-१९ स्थित रामपुरमा रहेको अल्फावेट्ज एकेडेमिक विद्यार्थीले मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराएका छन् । जुनियर रेडक्रस सर्कलको अगुवाईमा भरतपुर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई आज भोजन गराएका हुन् ।

७८ औं रेडक्रस दिवस पारेर विद्यार्थीलाई मानव सेवामा अभिप्ररित गर्न चितवन मानव सेवा आश्रममा कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य छेमान छिरिङ तामाङले बताउनुभयो । जुनियर रेडक्रस सर्कलका टोली सहित शिक्ष शिक्षिका र विद्यार्थी मानव सेवा आश्रम पुगेका थिए ।

सडकबाट असाहयको उद्धार गर्दै परिवारमा पुर्नस्थापना आश्रमका उपाध्यक्ष विनोद ढकालले जानकारी दिनुभयो । सडकबाट  हालसम्म २५० जनाको उद्वार गरिएकोमा सय जनालाई पारिवारमा पुर्नस्थापित गरिएको उहाँले बताउनुभयो ।
शिक्षक नायक अमृत थापाले जन्मदिन जस्ता दिनमा आर्थिक सहयोग संकलन गरेर मानव सेवामा अभिप्रेरित गराउने बताउनुभयो । जुनियर रेडक्रस अध्यक्ष प्राचिन घलेले मानव सेवामा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>