चितवन विशेष
फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुँदै
०

चितवन, वैशाख २४-
फेन्सी व्यवसायी संघको राष्ट्रिय भेला चितवनमा हुने भएको छ । राष्ट्रिय स्तरका फेन्सी व्यवसायीको छाता सङ्गठन गठन गर्ने उद्देश्यले जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला हुने भएको हो ।
महासंघ निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष श्री राम प्रसाद पौडेलका अनुसार भेलामा देशभरका फेन्सी व्यवसायी संघको सहभागिता हुने छ । जसले फेन्सी व्यवसायलाई व्यवस्थित, एकीकृत र सशक्त बनाउने अपेक्षा संघको रहेको छ ।
भेलामा महासंघ गठनसम्बन्धी आवश्यक छलफल, विधान निर्माण, सङ्गठनात्मक संरचना तथा भावी कार्य दिशाबारे व्यापक बहस हुने कार्यक्रम रहेको जनाइएको छ। साथै, व्यवसायीहरूका साझा समस्या, बजार व्यवस्थापन, कर प्रणाली तथा व्यवसाय प्रवर्द्धनका विषयमा समेत छलफल गरिनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























