समाचार
संसदीय समितिमा पत्रकारको पहुँच सीमित गर्ने तयारीमा सरकार
०

काठमाडौँ, वैशाख २२-
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिमा पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सभामुख अर्यालले सोमबार समिति सभापतिहरूसँग पत्रकारहरूको पहुँच सीमित गर्ने विषयमा छलफल गरेका हुन्।
नेपालमा संसदीय समितिहरूमा पत्रकारको प्रवेश खुला रहँदै आएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले समिति बैठकमा पत्रकारको पहुँच नियन्त्रण गर्ने विषयमा सभामुखकै प्रस्तावमा छलफल भएको बताए। सभामुख अर्यालले पत्रकारहरूको प्रवेश र पहुँच कहाँसम्म दिने हो भन्ने विषयमा छलफलका लागि बैठकमा विषय प्रवेश गराएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























