चितवन विशेष

क्लासिक बुटिक नयाँ व्यवस्थापन सहित इन्द्रदेव मार्गमा खुल्यो

Banner

चितवन, बैशाख २२-

चितवनको नारायणगढ स्थित मिलनरोडमा रहेको क्लासिक बुटिक नयाँ व्यवस्थापनका साथ नयाँ ठाउँमा पुनः सञ्चालनमा भएको छ । स्थापना भएको ११ वर्षको अवसरमा क्लासिक बुटिकले इन्द्रदेव मार्गमा थप सेवा सुविधा सहित बुटिक सञ्चालनमा ल्याएको हो ।

यहाँ विबाह, ब्रतबन्ध, शुभकार्य तथा सम्पूर्ण परिवारका लागि सुपथ मुल्यमा सबै प्रकारका कपडा तथा गरगहना पाइने सञ्चालक सविता श्रेष्ठ त्रिपाठीले जानकारी दिनुभयो । बुटिकमा छिरेपछि सम्पूर्ण रेडिमेट आइटिमका सबै थोक सुपथ मुल्यमा पाइने उहाँले बताउनुभयो ।

आज (मंगलबार) एक कार्यक्रमकाबिच कृष्ण मिलन श्रेष्ठ र मान कुमारी श्रेष्ठले बुटिकको उद्घाटन गर्नुभएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १का पूर्व अध्यक्ष जयराम श्रेष्ठ मानकुमारी श्रेष्ठ तथा ग्राहकको उपस्थिती रहेको थियो । नारायणगढको मिलनरोडमा ११ वर्षअघि स्थापना भएको क्लासिकले विरेन्द्र क्याम्पस रोडमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>