चितवन विशेष
चितवनमा सुमेरु सेक्यूरिटिजको चौथो शाखा स्थापना

चितवन, बैशाख १८-
चितवनमा सुमेरु सेक्यूरिटिज प्रा.लि ‘स्टक ब्रोकर ३९’को चौथो शाखा स्थापना भएको छ । सेयर खरिद तथा बिक्री सेवा गर्दै आएको यस कम्पनीले आज(शुक्रबार) नारायणगढको लायन्चोकमा शाखा स्थापना गरेको हो । नेपाल स्टक एक्सेन्जका सिइओ चुडामणी सापकोटाले शाखाको उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालमा स्टक मार्केट राम्रो भएको बताउँदै सेवाग्राहीको संख्या समेत बृद्धि हुँदै गएको बताउनुभयो ।
२०६५ सालमा कम्पनी सञ्चालनका लागि प्रमाणपत्र प्राप्त गरेर आफनो कारोबार सुरु गरेको यस कम्पनीले डिम्याट खाता खोल्ने तथा सेयर सम्बन्धी व्यवस्थापनको काम गर्दै आएको संस्थाका अध्यक्ष प्रियन्सु अग्रवालले जानकारी दिनुभयो । काठमाण्डौँबाट सेवा विस्तार गर्दै आएको सुमेरुले आफ्नो दोस्रो शाखाका रुपमा झापामा स्थापना गरेको थियो । त्यस्तै तेस्रो पोखरा र चितवनमा चौथो शाखाका रुपमा कम्पनी स्थापना गरिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।
यस कम्पनी मार्फत मेरो शेयर खाता खोल्ने सुविधा, अनलाइन टे«निङ्ग प्लेटफर्म मार्फत सहज र प्रभावकारी कारोबार, बजार विश्लेषण, दैनिक अपडेट तथा लगानी सम्बन्धी जानकारी प्रदान, ग्राहक केन्द्रित सेवा, मार्गदर्शन तथा समस्या समाधान सहयोग जस्ता काम गर्ने गर्दछ ।
























