चितवन विशेष
चितवन निकुञ्जका वार्डेनको सरुवा
०

चितवन, वैशाख १७-
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश प्रसाद पन्तको निकुञ्ज विभागमा सरुवा भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको अतिक्रमित जमिन खाली गर्न सूचना जारी गरेपछि पन्तको सरुवा गरिएको भन्ने बुझिएको छ । यद्यपि यस सरुवालाई पन्तले नियमित प्रकृया भएको बताउनुभएको छ । ‘मैले छ महिना अघि नै सरुवा मागेको थिँए । अहिले आएर मात्र भएको हो’–उहाँले भन्नुभयो । पन्त चितवन राष्ट्रिय निकुञ्जमा डेढ वर्ष अघि आउनुभएको थियो । उहाँले एक वर्ष पुराभएपछि सरुवा मागेको नारायणी अनलाइनलाई बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























