चितवन विशेष

महाबौद्ध गुम्बा तीनखोलेमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइने

Banner

चितवन, वैशाख १६-

चितवनमा बुद्ध जयन्ती मनाइने भएको छ । बौद्धधर्म सेवा समिति महाबौद्ध गुम्बा तीनखोलेले यही बैशाख २८ गते विभिन्न कार्यक्रमको आयोजना गरी २५७० औँ बुद्ध जयन्ती मनाउन लागेको आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

हरेक वर्षजस्तै बौद्धधर्म सेवा समितिले महाबौद्ध गुम्बा तीनखोलेमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन लागेको हो । समितिले यसको तयारी समेत अन्तिम तयारीमा पुगेको जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रम परिसरमा सरसफाई गरिसकिएको छ । यस्तै भोली गुम्बा श्रृंगार तथा सजावट गरीनेछ । बुद्ध पूर्णिमाका दिन बिहान शुद्धिकरण पुजा, शान्ति पदयात्रा र बुद्धको कायमा पवित्र जल स्नान अर्पणको साथै त्रिरत्न बुद्ध स्तुति पुजा गरिने छ । यस्तै बौद्ध आचार्य लोपेन रिन्छेन दोर्जे (सन्जिव)ले धर्मदेशनाका विषयमा प्रवचन दिनुहुनेछ ।

शान्ति पदयात्रा बिहान सात बजे महाबौद्ध गुम्बा तीनखोलेबाट सुरुभई प्रहरी शिक्षालय, विशालचोक, दिपेन्द्रचोक, विरेन्द्र क्याम्पसगेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लिलाचोक, रामेश्वर मन्दिर, सब्जिमण्डी र बुद्धटोल हुँदै महाबौद्ध गुम्बामा प्रवेश गरी सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>