समाचार
बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु
०

बुटवल,बैशाख १६-
बुटवलमा तीन जना सवार स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पर्यटकीय ठाउँ पाल्पाको नुवाकोटबाट बुटवल फर्किँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर बेलबासमाथिको भ्यू टावरनजिकै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका–११, कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगर छन् ।
दुर्घटनामा स्कुटर चालक कपिलवस्तु बाणगंगा–७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्याललय, बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । दुर्घटना मंगलबार साँझ भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रीवास्तवले जानकारी दिए ।
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























