समाचार
रंगशालामा ५६ परिवारका २८२ जनाको विवरण दर्ता
०

काठमाडौं, वैशाख १२-
सरकारले सुकुम्बासी बस्ती खाली गरेपछि ५६ परिवारले घर नभएको विवरण टिपाएका छन्। थापाथली र सिनामंगलको गैरीगाउँस्थित बागमती नदी किनारका वस्तीहरू खाली गरिएपछि त्यहाँका स्थानीयको विवरण संकलन गर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ सेन्टर बनाइएको छ।
अपराह्नसम्म ५६ परिवारको विवरण दर्ता गरिएको विवरण संकलनमा संलग्न रहेका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए।
उनका अनुसार ३ वटा परिवार मात्रै सिनामंगलका छन्। बाँकी सबै थापाथलीका हुन्। अहिलेसम्म विवरण संकलन गरिएको कुल संख्या २८२ जना पुगेको छ। विवरण दर्ता गराउन आउने क्रम जारी रहेको पनि उनले बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























