समाचार

प्रहरीकै भ्यानलाई ट्राफिकले काट्यो चिट

Banner

काठमाडौं,बैशाख ४-

नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ । ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरेको भन्दै ट्राफिक प्रहरीले चिट काटेको हो । चिट काटिएकोबारे नेपाल प्रहरीले आफ्नो अफिसल फेसबुक पेजमार्फत समेत जानकारी दिएको छ ।

प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित पोस्ट भएको थियो । उक्त पोस्ट भाइरल बनेपछि ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने उक्त भ्यानको पहिचान गरेर चिट काटेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>