समाचार

अदालतले हाई प्रोफाइल व्यक्ति छाडेकोमा गृहमन्त्रीको असन्तुष्टि

Banner

काठमाडौं, बैशाख ०३-

गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय समातिएका हाई प्रोफाइल व्यक्तिहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई अदालतले थुनामुक्त गरेपछि असन्तुष्टि जनाएका छन् ।

प्रहरीले एकपछि अर्को गर्दै हाई प्रोफाइल पक्राउको शृङ्खलामा अदालतले ब्रेक लगाएपछि गृहमन्त्री गुरुङले असन्तुष्टि जनाएका हुन् । आफूले देश, जनता र सुशासनका लागि कदम उठाए पनि त्यसमा रोक लागेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार साँझ गृह मन्त्रालयमा सुरक्षा बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अनौपचारिक संवादमा गृहमन्त्री गुरुङले उक्त असन्तुष्टि पोखेका हुन् ।

मैले सुरुआतदेखि नै एक्सन ओरिएन्टेड भएर काम गर्न खोजेको थिए । तर, अदालतबाट रोकियो, गृहमन्त्री गुरुङले भने, अब कसरी अगाडि बढ्ने विषयमा कानुन अध्ययन गरिरहेको छु ।

गुरुङले गृहमन्त्रीको कार्यभार सम्हालेलगत्तै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका थिए । त्यस्तै, पूर्वमन्त्री दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतको आदेशबाट उनीहरू थुनामुक्त भएका छन् ।

उनले सम्पत्तिको विवरणका विषयमा पनि प्रस्टीकरण दिए । बुबाबाजेदेखि नै अंशवण्डा नभएकाले सबै विवरण देखाउँदा विवरण बढी देखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>