खेलकुद

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

Banner

काठमाडौँ, मंसिर २०-

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सलाई सुदूरपश्चिम रोयल्सले १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनायो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक नटआउट ४५ रन बनाए । उनले एक चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी, ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए भने जोश ब्राउनले २५ बलमा २४ रन जोडे ।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । त्यस्तै, प्रतिश जीसीले दुई र बसिर अहमदले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>