देश/प्रदेश

सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त

Banner

भक्तपुर, मंसिर १७-

सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७।५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ । तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिनुभयो ।

इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्यनै प्रभावित भएको उहाँले जानकारी दिनुभयो । सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबीच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक–साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताउनुभयो ।

सडक विस्तारमा सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । सडक निर्माणको दोस्रो खण्ड साँगा–धुलिखेलको ८।३ किमी सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>