नवलपुर

नवलपुरको कावासोतीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्सको) सेवा सुरु

Banner

नवलपुर,मंसिर ३-

यातायात व्यवस्था कार्यालय नवलपुरमा जेनजी आन्दोलनपछि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन सेवा सुरु भएको छ । भदौ २४ मा यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याले कारण रोकिएको सेवा मंगलबारबाट सुरु भएको हो ।

बिलबुक र लाइसेन्स नवीकरणको काम भइरहे पनि नयाँ सवारी चालक अनुमति पत्रको काम रोकिएको थियो । दुई महिनासम्म सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्न नपाएपछि यहाँका सेवाग्राही मर्कामा परेका थिए । मंगलबारदेखि नयाँ चालक अनुमति पत्रको अनलाइन फारम भर्न सुरु भएको यातायात व्यवस्था कार्यालय कावासोतीका प्रमुख सुरेश जैसवालले बताए । यो संगै देशका ९ वटा कार्यालयबाट लाइसेन्सको आवेदन सेवा सुरु भएको छ ।

चितवनको भरतपुर लगायतका धेरै ठाउँमा अझैपनि सेवा सुचारु हुन सकेको छैन । लाइसेन्स बनाउन चाहानेहरुका लागि मंगलबारदेखि सेवा दिन थालिएको नवलपुर ट्रायल सेन्टरका संचालक प्रविन सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>