Breaking News
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय
०

काठमाडौँ, कात्तिक २७ –
सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (कात्तिक ३० गते) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट सोमबारसमेत सार्वजनिक बिदा हुने जनाएको हो ।
मन्त्रालयका अनुसार छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा विसं २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिइसकेको र त्यसको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























