खेलकुद

औलामा खेलमैदान र सामुदायिक भवन निर्माण

Banner

म्याग्दी, भदौ २९-

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाको रु ४५ लाख अनुदान सहयोग र स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन निर्माण भएको हो ।

भवन र खेलमैदान निर्माण भएपछि एक सय २५ घरपरिवारको बसोबास रहेको औलाका बासिन्दालाई खेलअभ्यास, प्रतियोगिता सञ्चालन, क्लब, आमा समूहको कार्यालय सञ्चालनमा सहज भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताउनुभयो ।

“आर्थिक वर्ष २०७९/०८० देखि २०८१/८२ सम्म गाउँपालिकाले वार्षिक रु १५/१५ लाख बजेट विनियोजन गरेको पहिलो वर्ष खेलमैदान ढलान, दोस्रो वर्ष प्यारापिट र भवनको जग निर्माण भएको थियो”, उहाँले भन्नुभयो, “भवन ढलान, कोठा र सटर, छतमा रेलिङ निर्माण, रङरोगन र विद्युत् जडान गरेर आव २०८१/८२ मा भवन निर्माणलाई पूर्णता दिएको हो ।”

भवनको दुईवटा सटर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएर क्लबको आम्दानीको स्रोत बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर पुनले बताउनुभयो । करिब ३० वर्षअघि ढलान गरिएको खेलमैदान उप्किएर जीर्ण बनेको थियो । खेलमैदानमा बास्केटबलको फाइवर बोर्ड पनि राखिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>