प्रवास

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

०
Banner

वासिङ्टन ,कात्तिक २८ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी सहर सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा विश्वका तीन प्रमुख शक्ति राष्ट्रका नेताहरूबीच यो भेटवार्ता तय भएको हो ।

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले पत्रकारहरूसँग कुरा गर्दै विश्वमा परमाणु हतियारको न्यूनीकरण लगायतका विषयमा छलफल गर्न राष्ट्रपति ट्रम्प उत्साहित रहेको जानकारी दिइन् । विश्वका ठूला परमाणु शक्ति राष्ट्रका प्रमुखहरूको यस बैठकमा इरानको विषयमा समेत छलफल हुन सक्ने तर युक्रेनको विषय भने एजेन्डामा नरहेको बुझिएको छ ।

यस भेटवार्ताबाट कुनै ठोस सम्झौता हुने अपेक्षा भने नगरिएको एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपी र रोयटर्सले जनाएका छन् । यद्यपि, मस्को र बेइजिङले भने यस त्रिपक्षीय भेटबारे औपचारिक प्रतिक्रिया दिइसकेका छैनन् ।

भ्रमण तालिका र द्विपक्षीय भेट

२१ सदस्य राष्ट्र सहभागी हुने दुई दिने एपेक शिखर सम्मेलनका लागि राष्ट्रपति ट्रम्प आगामी बुधबार अबेर सेन्जेन पुग्नेछन् । उनले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय वार्तासमेत गर्नेछन् । सन् २०२५ मा ट्रम्प पुनः राष्ट्रपति बनेपछि सीसँग हुन लागेको यो चौथो भेटवार्ता हो । भ्रमणको अन्त्यमा ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय बैठक हुने प्रवक्ता वेल्सले बताइन् ।

चीन जानुअघि ट्रम्पले मंगलबार फिलिपिन्समा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ९आसियान० को शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन् । यो भ्रमणले इन्डो–प्यासिफिक क्षेत्रमा अमेरिकाको हित प्रवर्द्धन गर्ने ह्वाइट हाउसको विश्वास छ ।

गत फेब्रुअरीमा अमेरिका र रुसबीचको परमाणु हतियार नियन्त्रण सन्धिको म्याद सकिएपछि विश्वका ठूला परमाणु भण्डारहरू प्रमुख निगरानीबिना रहेका छन् । संयुक्त राष्ट्रसंघले ढिलाइ नगरी नयाँ सम्झौता गर्न दुवै पक्षलाई आग्रह गर्दै आएको छ । राष्ट्रपति ट्रम्पले भने आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको चीनलाई समेत समेटेर अझ राम्रो नयाँ सम्झौता गर्न सकिने बताउँदै आएका छन् ।

यसअघि यसै वर्षको सुरुमा चिनियाँ राष्ट्रपति सीले बेइजिङमा पुटिन र ट्रम्पलाई छुट्टाछुट्टै स्वागत गरेका थिए भने सेप्टेम्बरमा ट्रम्पले सीलाई वासिङ्टनमा स्वागत गरेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमले शुक्रबार एपेक सम्मेलनका क्रममा राष्ट्रपति सीले ुद्विपक्षीयु वार्ताहरू गर्ने उल्लेख गरे पनि त्रिपक्षीय बैठकबारे केही खुलाएको छैन । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>