अन्तर्राष्ट्रिय

फेसबुकबाटै मोदीले देखे नेपालको बदलिँदो युवा पुस्ताको जाँगर

Banner

नयाँ दिल्ली, भदौ २८-

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनपछि नेपालका युवाहरूले सडक सफा र रंगरोगन गर्न गरिरहेको मिहिनेतको प्रशंसा गरेका छन्। भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा युवाहरूले देखाएको नागरिक चेतना र सकारात्मक सक्रियताको बारेमा बोलेका हुन्।

‘पछिल्ला केही दिनदेखि नेपालका युवा(युवतीहरूले सडक सफा गर्न र रंगरोगन गर्न मिहिनेत गरिरहेको देखिन्छ,’ प्रधानमन्त्री मोदीले भने, ‘मैले सामाजिक सञ्जालमा उहाँहरूको तस्बिर पनि देखेको छु।’ उनले नेपाली युवाहरूको यो कदम प्रेरणादायी भएको बताए। ‘उहाँहरूको सकारात्मक सोच र सकारात्मक कार्य प्रेरणादायी मात्र होइन, नेपालको नयाँ उदयको स्पष्ट संकेत पनि हो,‘ मोदीले भने, ‘म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।’

नेपालमा हालै भएको जेन(जी आन्दोलनपछि देशका विभिन्न सहरहरूमा युवाहरूले स्वतःस्फूर्त रूपमा सार्वजनिक स्थानहरूको सरसफाइ र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन्। आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरू मर्मत गर्नेदेखि लिएर सडकका भित्ताहरूमा कलात्मक चित्र कोर्नेसम्मका काममा युवाहरू जुटेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>