समाचार

जेनजी आन्दोलनमा भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक बर्खास्त

Banner

बुटवल,भदौ २८-

रुपन्देहीमा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न रहेको आरोपमा एक शिक्षकलाई विद्यालयबाट निष्कासन गरिएको छ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई निष्कासन गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार (भदौ २८) शिक्षक शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् । शुक्ला यही भदौ २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा बुटवलको सुक्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् ।

शुक्लाले विद्यालयको आचारसंहिता तथा नियमविपरीत कार्य गरेका थापाद्वारा जारी कारबाहीपत्रमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>