समाचार

सेनाले समात्यो सिंहदरबार जलाउने ग्याङ, लुटिएका सामान पनि बरामद

Banner

काठमाडौं,भदौ २७-

२४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र सशस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी गर्नेलाई पक्राउ गर्न थालेको हो । प्रहरी चौकी तीनकुने लगायतका ठाउँबाट लुटिएका गोली, दुईवटा म्यागेजिन, हतकडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन् । उनी तीनकुने चौकीसहित सिंहदरबारको आगजनीमा समेत सहभागी व्यक्ति हुन् ।

पक्राउ पर्नेमा लहान नगरपालिकाका विसान शाह, लहानकै सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव, सिरहाका सन्तोष मण्डल छन् । उनीहरूको साथबाट लुटिएका सामानसमेत बरामद गरिएको छ ।

सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेर प्रहरी चौकी तीनकुनेको जिम्मा लगाए पनि चौकीको संरचना जलेर ध्वस्त भएकाले कहाँ राख्ने भन्ने विषय टुंगिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>