समाचार

गोरे जेल फर्किए

Banner

काठमाडौं, भदौ २७-

जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् । गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् ।

उनी जेन-जीको आन्दोलनका क्रममा मंगलबार जेलबाट भागेका थिए । गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।

उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भने सम्पर्कविहीन छन् । प्रशासनले कारागार नफर्किए कानुन अनुसार सशक्त कारबाही गर्ने चेतावनी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>