समाचार

सुनाकोठीका सुरज खत्री गंगा दाहालको घरमा मृत फेला

Banner

काठमाडौं, भदौ २५-

नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ । जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री रहेको बताइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री हुन् ।

जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । जेनजी प्रदर्शन उग्र बनेपछि मंगलबार दाहालको घरमा आगजनी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>