समाचार

जेनजीको प्रदर्शनलाई कुलमानको समर्थन

Banner

काठमाडौँ,भदौ २२-

नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सोमबार गर्न लागेको प्रदर्शनमा आफ्नो ऐक्यबद्धता जनाएका छन्। बेथितिको अन्त्य र सरकारको केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरुद्धमा युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा ‘उज्यालो नेपाल अभियान’को तर्फबाट ऐक्यबद्धता व्यक्त गरेका छन्। घिसिङले उज्यालो नेपाललाई केवल बिजुलीको उज्यालो मात्र नभई सुशासन, चुस्त सार्वजनिक सेवा, सामाजिक न्याय, र आर्थिक समृद्धिको अभियानका रूपमा परिभाषित गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>