समाचार
डा.गोविन्द केसीले तोडे तीनदिने अनशन
०

काठमाडौं,भदौ १७-
डा.गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।
उहाँले पहिले नै तीन दिनको अनशन बस्छु भन्नुभएको थियो । सोहीअनुसार नै आज अनशन तोड्नुभएको हो । यसै पनि स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । औषधि खानुभन्दा अनशन तोड्छु भनेर तोड्नुभएको हो,उनले भने ।
केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























