समाचार

बिपीको पालाजस्तो कांग्रेस बनाउन म सभापति बन्नै पर्छः शशाक

Banner

काठमाडौँ, भदौ ६-

नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाको पालाको जस्तो कांग्रेस बनाउन आफू सभापति बन्नै पर्ने दाबी गरेका छन्। शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शशांकले यस्तो दाबी गरेका हुन्।

‘मैले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु,’ कोइरालाले भने, ‘त्यही कारणले म कांग्रेसको सभापति बन्नपर्छ।’ आफू लाखौं कमाउने मान्छे रहेको उल्लेख गर्दै त्यो छोडेर राजनीतिमा आएको पनि बताए। ‘मलाई कुनै लोभ छैन। म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो,’ शशांकले अगाडि भने।

बिपी कोइराला १४ वर्ष जेल बसेको उल्लेख गर्दै पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गरेको स्मरण गराए। उनले भने, ‘कृष्णप्रसाद कोइरालाको हजारौँ विगाह जमिन थियो। आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो।’

कांग्रेसको १५ औँ महाधिवेशनमा नेता कार्यकर्ताबाट आफूले सहयोग पाउने अपेक्षा रहेको पनि उनले बताए। उनले भने, ‘यहाँहरू सहयोग गर्नुहोला, म तपाईँहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>