समाचार

बागमतीका मेयर दोषी ठहर

Banner

काठमाडौँ, साउन २९-

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई ‘भरत ताल’ निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँभन्दा बढी जरिवानाको सजाय सुनाएको छ। न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार सजाय निर्धारण गरेको हो।

अदालतले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर गर्दै ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। अदालतले यस प्रकरणका अन्य प्रतिवादीहरू, विमलकुमार पोखरेल र सागर पौडेललाई पनि जनही ८ वर्ष कैद र समान १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना तोकेको छ।

उनीहरू तीनै जनालाई अदालतले गत साउन २१ गते नै नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको थियो। फैसलाअनुसार, तीनै जना प्रतिवादीहरूले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ ९३० बमोजिम जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति स्वरूप पीडित राहत कोषमा दाखिला गर्नुपर्ने आदेशसमेत भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नगरपालिकाको १० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा थापासहित तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>