देश/प्रदेश

विद्यालयको सहमतिविनै सशस्त्र प्रहरीलाई जग्गा हस्तान्तरण प्रक्रिया अघि बढाइयो, अदालत जाने प्रधानाध्यापकको चेतावनी

०
Banner

स्याङ्जा ,कात्तिक २८ –

सशस्त्र प्रहरी बल ३० नं. गुल्म स्याङ्जाका लागि जग्गा व्यवस्थापन गर्न जग्गा धनीको स्वीकृति विना जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रबार सूचना प्रकाशन गरेको छ ।

माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ मंसिर ८ गते माओवादीको सशस्त्र समूहले स्याङ्जा र वालिङ्का सुरक्षा र प्रशासनिक कार्यालयमा एकसाथ आक्रमणगरी ठूलो संख्यामा मानवीय र भौतिक क्षति पुर्याएपछि थप सुरक्षाका लागि सदरमुकाम स्याङ्जामा नेपाली सेना र वालिङमा सशस्त्र प्रहरीको अस्थायी प्रबन्ध गरिएको थियो ।

सेनाले जग्गा खरिदगरी सदरमुकाममा स्थायी संरचना तयार गरि सेनानीको कमान्डमा सैनिक गुल्म खडा गरेर सेवा दिदै आएको छ । तर, २०६० सालदेखि सशस्त्र प्रहरी भने विद्यालयको जग्गामा अस्थायी संरचना बनाएर बस्दै आएको छ ।

सशस्त्र प्रहरीका लागि जग्गा दिन वालिङबासी तयार नभएपछि २०८३ असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूर्णामृत भवानी माविको स्वामित्वको २९ रोपनी ५ आना २ पैसा १ दाम क्षेत्रफल भएको वालिङ् नगरपालिका – ८ को कित्ता नं.४८२ को पूरै जग्गा सशस्त्र प्रहरी बलका नाउँमा स्वामित्व हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न अवस्यक प्रक्रिया पूरा गरि सूचना प्रकाशन गरिएको बताएका छन् । तर, विद्यालयका प्रधानाध्यापक दिपक लंसालले भने सहमति विना जबरजस्ती स्वामित्व खोस्ने प्रयास भएको बताउदै प्रतिरक्षाका लागि अदालत जाने बताएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>