खेलकुद
रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार
०

काठमाडौँ, साउन २८-
आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिनुभएको हो । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिनुभएको छ ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्नुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























