स्वास्थ्य

नेजाद्वारा वाग्लेको उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध

Banner

काठमाडौँ, साउन १५-

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले गम्भीर बिरामी हुनुभएका सङ्घका आजीवन सदस्य जीवन्त वाग्लेको उपचारका लागि आर्थिक सहयोगका लागि अनुरोध गरेको छ । नेजाले आजीवन सदस्य वाग्लेको सहयोगार्थ ‘गोफन्ड अभियान’ पनि सञ्चालन गरीसहयोगका लागि अनुरोध गरेको हो ।

नेजाका महासचिव ईश्वरी न्यौपानेले साउन ११ गते (जुलाई २७) बसेको सल्लाहकारसहितको बैठकले सहयोग गर्ने निर्णयबमोजिम यो अभियान सञ्चालन गरिएको बताउनुभयो । “वाग्ले ‘ब्रेन टुयुमर’कोे समस्याबाट ग्रस्त हुनुहुन्छ । अमेरिकास्थित क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोस्थित वालनट क्रिकको जोन म्युअर अस्पतालमा जुलाई ७ मा शल्यक्रिया गरेपछि उहाँ अहिलेसम्म सोही अस्पतालमै हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

महासचिव न्यौपानेले भन्नुभयो, “उहाँको स्वर गुमेको छभने होस पनि पूरै नआएको तथा खानासमेत मुखबाट खान नसकेपछि पेटमा पाइपको माध्यमद्वारा झोलिलो खाना मात्र दिनु परिरहेको छ । उहाँलाई कति समयसम्म अस्पताल राख्नुपर्ने र पूर्ण स्वस्थ हुन सक्नेरनसक्नेबारे चिकित्सकले केही भन्न नसकिने बताएका छन् ।” नेजाले अभियानलाई धेरैभन्दा धेरै व्यक्तिको पहुँचमा पुर्‍याउन तथा आर्थिक सहयोगका लागि आग्रह गरेको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>