गण्डकी

गण्डकी प्रदेशसभा बैठक बस्दै

Banner

गण्डकी, असार २३ –

गण्डकी प्रदेश सरकारको आगामी आव २०८२र८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिनुभयो ।

विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>