समाचार

‘भिजिट भिसा प्रकरण’को असर घट्यो दुबईको हवाई भाडा

Banner

काठमाडौं, असार १६
पछिल्लो पटक सार्वजनिक भएको ‘भिजिट भिसा प्रकरण’ का कारण खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई जाने हवाई भाडा ह्वात्तै घटेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको ‘संलग्नता’ रहेको भन्दै प्रतिपक्षी दलहरूले अहिलेसम्म संसद् बैठकमा विरोध गर्दै आइरहेका छन् । भलै, सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरे पनि प्रतिपक्षी दलहरूले ‘झारा टार्ने’ छानबिन समिति भन्दै विरोध जारी राखेका छन् ।

यी राजनीतिक विषयका कुरा भए पनि भिजिट भिसा प्रकरण र सँगै दुबईले नेपालीलाई भिसा अनुमतिमा कडाइ गरेपछि त्यता जाने हवाई टिकटको भाउ उल्लेख्य दरमा घटेको हो । हवाई टिकट व्यापार गर्दै आएका ट्राभल कम्पनीहरूका अनुसार पछिल्लो पाँच महिनायता दुबईको हवाई भाडा ३० प्रतिशतसम्म घटेको छ । उनका अनुसार पाँच महिनाअघि नेपालबाट दुबई जान प्रतियात्रु एकतर्फी ४९ हजार रुपैयाँ लाग्थ्यो । तर, अहिले यो मूल्य घटेर सबैभन्दा सस्तो ३५ हजार रुपैयाँमा आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>