देश/प्रदेश
चौलानी नदीमा एक युवक बेपत्ता
०

बैतडी, असार १६
चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार राना आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
राना किन नदीमा हाम फाले भनेर खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























