देश/प्रदेश

गार्मेन्ट उद्योग सञ्चालनमा भाटभटेनी समूह

Banner

भैरहवा, जेठ २१-

भैरहवामा भाटभटेनी समूहले अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा गर्ने भएको छ । आज (बुधबार) भाटभटेनी, व्यवसायी उमेश श्रेष्ठसहितको टिमले विशेष आर्थिक क्षेत्र भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग स्थापनाका लागि शिलान्यास गरेका हुन् ।

समूहका अध्यक्ष मीनबहादुर गुरुङले भूमि पूजासहित बुधबार उद्योगको शिलान्यास गरेका हुन्। अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भाटभटेनीका सिओओ पानु पौडेलले बताए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>