देश/प्रदेश

एकल महिलालाई आत्मनिर्भर बनाउन मौरीसहित घार वितरण

Banner

ढोरपाटन (बागलुङ), जेठ २१-

बागलुङको तमानखोला गाउँपालिकाले २२ जना एकल महिलालाई मौरीसहित घार वितरण गरेको छ। पालिकालेरु तीन लाखमा घार खरिद गरी वितरण गरेको हो ।

एकल महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सीप सिकाएर मौरी र घार वितरण गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले बताउनुभयो । अनुदानलगायत प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ । तमानखोला क्षेत्र मौरीपालकका लागि उपयुक्त भएको हुँदा पहिलो चरणमा एकएक घार उपलब्ध गराएको तथा व्यावसायिक रूपमा काम गरेमा थप सहयोग गर्ने उहाँले बताउनुभयो ।

“एकल महिलाई यस वर्ष सीप सिकाएर व्यवसायसँग जोडौँ भन्ने हिसाबले मौरीपालनसम्बन्धी तालिम र मौरीसहित घार पनि उपलब्ध गराएका छौँ, ”, उपाध्यक्ष छन्त्यालले भन्नुभयो ।

तमानखोला गाउँपालिका–६ की जसदेवी छन्त्यालले मौरीपालनबाट परिवार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने योजना सुनाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>