देश/प्रदेश

धादिङमा बढी भाडा असुल्ने पठाओ र इनड्राइभ राइडर कारवाहीमा

Banner

धादिङ, जेठ २०–

राइड सेयरिङकोविरुद्धमा आन्दोलित यातायात व्यवसायीले यातायात सेवा अवरुद्ध गरेपछि धादिङमा त्यसको मौका छोपेका राइड सेयरिङ कम्पनी पठाओ र इनड्राइभका राइडर कारवाहीमा परेका छन् ।

धादिङ प्रहरीले आज बढी भाडा असुल्ने ४ जना राइडरलाई कारवाही गरेको हो । पठाओ र इनड्राइभका राईडरहरुले बढी भाडादर लिएको भन्ने गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरुबाट पठाओ तथा इनड्राइभ राईडरहरुलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि ४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइ कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरी छाडिएको हमालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>