देश/प्रदेश

सांस्कृतिक कूटनीति सुदृढ बनाउन नेपाली परिकारलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरिने

Banner

काठमाडौँ, वैशाख २०-

सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ ।

एशोसिएशन आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन गरी वैशाख २५ गते नेपाली खानालाई विश्वमाझ प्रवर्द्धन गर्ने जानकारी दिएको हो ।एशोसिएशनका अध्यक्ष रेशमकुमार तामाङले नेपाली खानाको विकास, पहिचान र अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरेर संस्थाको ३० औँ वार्षिकोत्सव मनाइने बताउनुभयो । यसबाट देशको पर्यटन तथा अर्थतन्त्रमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एशोसिएशनले नेपाली खाना र पाककलाका माध्यमबाट सांस्कृतिक कूटनीति सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>