देश/प्रदेश

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

Banner

हेटौंडा, वैशाख २०-

हेटौंडामा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । हेटौंडा उपमहानगरपालिका–१६ र १७ वडा जोडिएको गैरीगाउँमा सडक भासिदाँ पिकअप भ्यान गायब भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) हराएको छ । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ ।

गाडीका चालक र सहचालकले भने गाडी धसिनुअघि नै निस्किएर जोगिएका छन् । ‘गाडी धसिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं । मान्छेले तानेर कहाँ हुन्थ्यो र ? डोरीसहितै गयो नि’, घटनास्थलमा रहेका सहचालकले भने, ‘हामी हाम फालेर जोगियौं ।’

घटना शुक्रबार दिउँसोको हो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>