देश/प्रदेश
महिमानलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
०

काठमाडौँ, वैशाख १९-
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ। गत बुधबार प्रकाउ परेका विष्टलाई प्रहरीले अदालतमा उपस्थित गराएपछि ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्रन पत्र लेख्ने थिए । विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।