देश/प्रदेश

चितवनबाट झापा जाँदै गरेको जिप दुर्घटना, कानुन अधिकृतको मृत्यु

Banner

काठमाडौँ, वैशाख १९-

चितवनबाट झापातर्फ जाँदै गरेको जिप दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको स्कार्पियो जिप हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो ।

उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सञ्चार शाखाले जनाएको छ । जिप मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>