देश/प्रदेश

गाडीको ढोकाबाट लडेर २८ वर्षीय युवकको मृत्यु

Banner

सल्यान, चैत २२-

सल्यानमा गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ। गुडिरहेको गाडीको ढोकाबाट लडेर सुर्खेतको सिम्ता गाउँपालिका– ५ का २८ वर्षीय गणेश बुढाको मृत्यु भएको हो ।

सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार हिजो (बिहीबार) साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका बुढा गाडीको ढोकाबाट लडेका थिए ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए। घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>