देश/प्रदेश
कुकुरले टोकेपछि अत्यधिक रक्तश्राव हुँदा एक जनाको मृत्यु
०

विराटनगर, चैत २२-
मोरङमा छाडा कुकुरले टोक्दा एक जनाको मृत्यु भएको हो । छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । मगरलाई मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा कुकुरले टोकेको थियो ।
कुकुरले टोकेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन् ।
यस्तै स्थानीयका अनुसार मगरलाई हिजो (बिहीबार) बिहान ९ बजे कुकुरले दायाँ खुट्टाको पिँडुलामा कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि सडकमा ढलेका मगरलाई नगर अस्पताल बेलबारी लगेपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाइएको थियो ।
तर, बेलबारी-१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार कोशी अस्पताल ल्याउन साथ चिकित्सकले मगरलाई मृत घोषित गरेको हो।