देश/प्रदेश
सामाजिक सञ्जाल मार्फत प्रमुख प्रशासकीय अधिकृतले मागे माफी

दाङ, चैत २१-
बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले माफी मागेका छन्। आज (बिहीबार) दिउँसो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अधिकृत दीपककुमार आचार्यले सार्वजनिक रूपमै माफी मागेका हुन्।
उनले यसअघि आफूले सामाजिक सञ्जालमा लेखेका कुराहरू गलत भएको भन्दै आफै खण्डन गर्दै माफी मागेका छन्।
मंगलबार दिउँसै मदिराले मातेर कार्यालयमा आएर उपमेयरको कार्यकक्षमा प्रवेश गरी झैझगडामा उत्रिएपछि प्रमुख प्रशासकीय अधिकृत आचार्यसहित तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। मापसे जाँचमा प्रमुख प्रशासकीय अधिकृतको मात्रै मापसे पुष्टि भएको थियो।
प्रहरीले पक्राउ गरेपछि पनि मदिराले मातेका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आफ्नो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै मेयर छबिलाल थारूले पावर टिलर खरिदमा ठेकेदारसँग पाँच लाख नपाएको झोंकमा आफूमाथि हर्कत गरिएको दोष लगाएका थिए।

























